PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

संसदको अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसको असहमति, ‘प्रतिपक्षीसँग न त परामर्श गरियो, न पूर्वसूचना नै दिइयो’



पहिलोपोस्ट

संसदको अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसको असहमति, ‘प्रतिपक्षीसँग न त परामर्श गरियो, न पूर्वसूचना नै दिइयो’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गनु दुःखद भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै विभिन्न महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको बताएका हुन्।

यसबारेमा कांग्रेससँग कुनै परामर्श नगरिएको तथा पूर्व सूचना समेत नदिइएको बताइएको छ।

‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

कोरोना भाइरसको महामारीबाट देशमा उत्पन्न संकटप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी भएको अवस्थामा अधिवेशन अन्त्य गरेर सरकारले घोर उदासीनता प्रकट गरेको कांग्रेसले आरोप गलाएको छ।

‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति? सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell