इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको लिभरपुलमाथि म्यानचेस्टर सिटीले ४-० को फराकिलो जित निकालेको छ।
इतिहाड स्टेडियममा च्याम्पियन टोलि लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएर सुरु भएको खेलमा घरेलु टोली सिटीले फराकिलो जित निकालेको हो।
खेलको २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै केभिन डी ब्रुइनले गोल गरेपछी सिटीले खेलमा अग्रता बनाएको थियो। त्यसपछी ३५ औं मिनेटमा रहिम स्ट्रलिङले ३५ औं मिनेटमा र फिल फोडेनले ४५ औं मिनेटमा गोल गर्दा सिटी पहिलो हाफमै ३-० को सहज अवस्थामा पुगेको थियो।
दोस्रो हाफमा लिभरपुलका अक्सलेड चेम्बरलेनले आत्मघाती गोल गरेपछि सिटी अझ सहज अवस्थामा पुग्यो। उनले ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि दोस्रो हाफमा दुवैतर्फबाट थप गोल नभएपछि घरेलु टोली सिटीले ४-० को फराकिलो जित निकाल्यो।
जितसँगै सिटीले ६६ अंकसहित दोस्रो स्थानमा आफूलाई बलियो बनाएको छ। तालिकाको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५५ अंक छ भने चौथो स्थानमा रहेको चेल्सीको ५४ अंक छ।
८६ अंकसहित शीर्षस्थानमा रहेको लिभरपुलले उपाधि सुरक्षित गरिसकेको छ।
