PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

रामोसको गोलमा रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

रामोसको गोलमा रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा मड्रिडका कप्तान रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। माथियस ओलिभेराले मड्रिडका डानी कार्भाजललाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ७९ मिनेटमा रामोसले निर्णायक गोल गरेका थिए। उनकै गोलमा मड्रिडले १-० को संघर्षपूर्ण जित निकाल्यो।

जितसँगै मड्रिडले अंकतालिकामा ४ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको मड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेल खेलेर ७० अंक छ। त्यस्तै एटलेटिको मड्रिडको ५९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell