लखनऊ : हतियारधारीको आक्रमणमा परी भारतको कानपुरमा ८ प्रहरी मारिएका छन्। डीएसपी देवेन्द्र मिश्रासहित ८ प्रहरीमाथि गोली प्रहार भएको हो। प्रहरीको खोजीको सूचीमा रहेका विकास दुवेलाई समात्न पुगेको प्रहरीमाथि बन्दुक प्रहार भएको थियो। प्रहरीले घटनास्थल नियन्त्रणमा लिइसकेको छ भने छानविन सुरु भएको जनाइएको छ।
Kanpur: Eight Police personnel, including Dy SP Devendra Mishra, lost their lives after they were fired upon by criminals when the Police team had gone to raid an area in search of history-sheeter Vikas Dubey. SSP & IG present at the spot, forensics teams are examining the area. pic.twitter.com/LKXLgLPq7Y
— ANI UP (@ANINewsUP) July 3, 2020
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको भत्सर्ना गरेका छन्। साथै मारिएका प्रहरीका परिवारप्रति शोक प्रकट गरेका छन्। उनले अपराधीविरुद्ध कडा भएर प्रस्तुत हुन प्रहरीलाई निर्देशनसमेत दिएका छन्।
