PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कानपुरमा ८ प्रहरीको गोली हानी हत्या, विकास दुवेलाई समात्न पुगेको थियो टोली



पहिलोपोस्ट

कानपुरमा ८ प्रहरीको गोली हानी हत्या, विकास दुवेलाई समात्न पुगेको थियो टोली

लखनऊ : हतियारधारीको आक्रमणमा परी भारतको कानपुरमा ८ प्रहरी मारिएका छन्। डीएसपी देवेन्द्र मिश्रासहित ८ प्रहरीमाथि गोली प्रहार भएको हो। प्रहरीको खोजीको सूचीमा रहेका विकास दुवेलाई समात्न पुगेको प्रहरीमाथि बन्दुक प्रहार भएको थियो। प्रहरीले घटनास्थल नियन्त्रणमा लिइसकेको छ भने छानविन सुरु भएको जनाइएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको भत्सर्ना गरेका छन्। साथै मारिएका प्रहरीका परिवारप्रति शोक प्रकट गरेका छन्। उनले अपराधीविरुद्ध कडा भएर प्रस्तुत हुन प्रहरीलाई निर्देशनसमेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell