PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

अमेरिकामा एकै दिन ५३ हजार संक्रमित भेटिँदा ब्राजिलमा ४८ हजार!



पहिलोपोस्ट

अमेरिकामा एकै दिन ५३ हजार संक्रमित भेटिँदा ब्राजिलमा ४८ हजार!

अमेरिकामा पछिल्लो २४ घन्टामा ५३ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन्। अमेरिकामा ५० मध्ये ४० राज्यहरुमा कोरोना भाइरसका नयाँ संक्रमितहरु लगातार बढिरहेका छन्। एकै दिन ५३ हजार नयाँ संक्रमित थपिँदा फ्लोरिडाको खातामा मात्र १० हजार १ सय ९ जना रहेको वासिङ्टन पोस्टले जनाएको छ। यो त्यहाँ एकै दिन भेटिएका संक्रमितको सबैभन्दा धेरै संख्या हो।

जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्कअनुसार अमेरिमा कोरोना संक्रमितको संख्या अब २७ लाख ३५ हजार ३ सय ३९ पुगेको छ। अमेरिका सबैभन्दा धेरै संक्रमित हुने मुलुकको सूचीमा पहिलो स्थानमा छ।

खराब अवस्थामा गुज्रिरहेको मुलुकको दोस्रो सूचीमा रहेको ब्राजिलको अवस्था पनि संकटग्रस्त छ। ब्राजिलमा एकै दिन ४८ हजार १ सय ५ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell