PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बैंकिङ कसुरमा मुद्धामा फरार पक्राउ



पहिलोपोस्ट

बैंकिङ कसुरमा मुद्धामा फरार पक्राउ

काठमाडौः बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी ७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बुढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन्। रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा  ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका ११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट रु १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। सजाय बेरुजु रही दुवै जना फरार हुँदै आएका थिए।

उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो। पक्राउ परेका दुवै जानालाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell