PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रहेनन् बलिउडका 'मास्टरजी', माधुरीदेखि करीनासम्मको करियरलाई उचाईंमा पुर्‍याउन थियो योगदान



पहिलोपोस्ट

रहेनन् बलिउडका 'मास्टरजी', माधुरीदेखि करीनासम्मको करियरलाई उचाईंमा पुर्‍याउन थियो योगदान

बलिउडमा 'मास्टरजी' नाममा परिचित कोरियोग्राफर सरोज खानको निधन भएको छ।

मुटु रोग तथा मधुमेहबाट ग्रसित ७१ वर्षीया खानको कार्डिएड अरेस्टबाट आज विहान १ बजेर ५२ मिनेटमा मुम्बईमा निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बलिउडमा ३ वर्षकै उमेरमा डान्सरबाट करियर सुरु गरेकी खानले सन् १९७४ बाट कोरियोग्राफ सुरु गरेकी थिइन्। आफ्नो ४ दशक लामो करियरमा सरोजले २ हजार भन्दा बढी बलिउड गीतमा कोरियोग्राफ गरेकी छिन्।

बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, श्रीदेवी र करीना कपूरको करियरलाई उचाईंमा पुर्‍याउन सरोजको कोरियोग्राफीको ठूलो योगदान छ। उनको कोरियोग्राफी रहेका थुप्रै गीतले अवार्ड जितेका छन्।

उनको कोरियोग्राफीमा करिनाको अभिनय रहेको 'ये इश्क हाये', माधुरी दीक्षित र ऐश्वर्या रायको अभिनय रहेको देवदासको 'डोला रे डोला'ले नेशनल अवार्ड पायो। माधुरीको फिल्म तेजाबको लोकप्रिय गीत 'एक दो तीन' मा पनि उनकै कोरियोग्राफी छ। माधुरीकै ‘धक धक कर्ने लगा’ भन्ने गीतमा पनि सरोजकै कोरियाग्राफी थियो। यो गीतको नृत्यले माधुरीलाई 'धक धक गर्ल'को पहिचान दियो।

यसका अलावा माधुरी र संजय दत्तको गीत 'तम्मा तम्मा', देवदासमा माधुरीको 'मार डाला', मिस्टर इण्डियामा श्रीदेवीको गीत 'हवा हवाई', ऐश्वर्या रायको 'गुरु' को आइकनिक सन्ग 'बरसो रे मेघा', दिलवाले दुल्हनिया ले जाएंगेको 'मेंहदी लगा के रखना', पछिल्लो समय प्रदर्शनमा आएको फिल्म कलंकमा माधुरीको 'तबाह हो गए हम' गीतमा सरोजको कोरियोग्राफी छ।

बलिउड 'मास्टरजी'को निधनमा अमिताभ बच्चन, अक्षय कुमार, कोरियोग्राफर रेमो डिसुजालगायत कलाकारले दु:ख व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell