PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वडा अध्यक्षले अंगालो मारेर चुम्बन मागेपछि...



पहिलोपोस्ट

वडा अध्यक्षले अंगालो मारेर चुम्बन मागेपछि...

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम नाथ महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। वडा नम्बर ९ ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडा अध्यक्ष नाथले दुर्व्यवहार गरेका हुन्।

बिहीवार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडा अध्यक्षले राती सवा ८ बजे उनीमाथि दुर्व्यवहारको प्रयास गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले वडा अध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिए।

स्थानीयले महिलामाथि वडा अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले नै दुर्व्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। साथै इप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो। मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ।

‘हामीले वडाध्यक्षलाई पक्राउ गरेका छौँ,’ डीएसपी क्षेत्रीले भने, ‘घटनाबारे अनुसन्धान हुन बाँकी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell