PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विद्या बालनको 'शकुंतला देवी' डिजिटल प्लेटफर्ममा, ३१ जुलाईमा प्रदर्शन



पहिलोपोस्ट

विद्या बालनको 'शकुंतला देवी' डिजिटल प्लेटफर्ममा, ३१ जुलाईमा प्रदर्शन

बलिउड अभिनेत्री विद्या बालनको फिल्‍म 'शकुंतला देवी' ओटिटी फ्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ। विद्याले फिल्म ३१ जुलाईमा प्रदर्शन हुने जानकारी ट्वीटरमार्फत दिएकी छन्।

अमेजनले फिल्‍मको ग्‍लोबल प्रिमियरको घोषणा गरेको छ।

विद्याले आफ्नो ट्विटर ह्याण्डलमा एक मिनेटको भिडियो शेयर गरेर फिल्‍म घोषणाको जानकारी गणीतीय स्टाइलमा दिएकी छिन्। अनु मेननद्वारा निर्देशित फिल्ममा विद्याले लोकप्रिय भारतीय गणितज्ञ शकुंतला देवीको भूमिका निभाउँदैछिन्। जसलाई 'ह्यूमन कम्प्‍युटर' पनि भनिन्छ।

फिल्‍ममा सान्‍या मल्‍होत्राले शकुंतलाको छोरीको भूमिका निभाएकी छिन्। जीशु सेनगुप्‍ता र अमित साध पनि मुख्य भूमिकामा छन्। यो बायोपिक फिल्म 8 मेमा सिनेमाघरमा प्रदर्शनका लागि तय भएको थियो। तर कोरोनाका कारण अब डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell