PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

हिजोको बाहेक नै काठमाडौं महानगरपालिका भित्र ४० कोरोना संक्रमित, उनीहरुको स्थायी ठेगाना भने अन्यत्रै



पहिलोपोस्ट

हिजोको बाहेक नै काठमाडौं महानगरपालिका भित्र ४० कोरोना संक्रमित, उनीहरुको स्थायी ठेगाना भने अन्यत्रै

काठमाडौं : विभिन्न जिल्ला र विदेशबाट मानिसहरु आउनेक्रम बढेपछि काठमाडौंमा कोरोना संक्रमित बिरामीको सङ्ख्या दैनिक थपिँदै गएको छ। बुधवार १७ जना थपिएकामा बिहीवार यो सङ्ख्या बढेर २८ पुगेको छ।

यसरी थपिएका संक्रमितमध्ये केही काठमाडौं महानगरपालिका रहेका छन्। अहिलेसम्म काठमाडौं महानगरपालिकामा ४० जनामा कोरोना संक्रमण देखिएको छ। यो सङ्ख्यामा हिजो थपिएकाहरु समावेश गरिएको छैन।

'हिजो थपिएका महानगरपालिकाका हुन् वा कहाँका हुन् खुलेको छैन। काठमाडौं जिल्ला मात्र भनिएको छ। त्यसैले अहिलेसम्म ४० जनामात्र महानगरभित्रका छन्,' काठमाडौं महानगरपालिको जनस्वास्थ्य विभागका वरिष्ठ कर्मचारी ज्ञानबहादुर ओलीले भने।

पछिल्लोपटक संक्रमित भएका धेरै जसो तेस्रो राष्ट्रबाट आएको ओलीले जानकारी दिए। उनीहरु महानगरभित्र रहेका विभिन्न होटेलहरुमा रहेका छन्।

'उहाँहरु हाम्रो महानगरवासी होइन। उहाँहरु होटेलमा बसिरहनु भएको मात्र हो,' ओलीले भने। यसरी संक्रमण देखिएकामध्ये केही उपचारपछि फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell