PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भारत-चीन सीमा विवाद : लद्दाख पुगे प्रधानमन्त्री मोदी, सैनिक अधिकारीसँग छलफल



पहिलोपोस्ट

भारत-चीन सीमा विवाद : लद्दाख पुगे प्रधानमन्त्री मोदी, सैनिक अधिकारीसँग छलफल

गलवान घाटीमा भारत र चीनको सीमा विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्। लद्दाखको सीमा गलवान घाटीमा गत १५ जुनमा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

आज विहानै सेना प्रमुख मनोज मुकुन्द नरभाने, चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथ ११ हजार फिट उचाईंमा रहेको लद्दाखको निमु पुगेर प्रधानमन्त्री मोदीले सेना, हवाई फोर्स, इण्डो तिब्बत बोर्डर पोस्टका अधिकारीबाट बिफ्रिङ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदी सैनिकको हौसला बढाउन र चीनलाई आफू सेनाको साथमा रहेको सन्देश दिन लद्दाख पुगेको बताइएको छ। मोदीले झडपमा घाइते भएका सैनिकलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने तय भए पनि अन्तिम समयमा प्रधानमन्त्री मोदीले सरप्राइज भ्रमण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell