PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

ओम्नीले तिरेन चीनबाट स्वास्थ्य सामग्री ल्याउँदाको हवाई भाडा, पर्यटनमन्त्रीले भने: स्वास्थ्य मन्त्रालयले जिम्मा लिनुपर्छ



पहिलोपोस्ट

ओम्नीले तिरेन चीनबाट स्वास्थ्य सामग्री ल्याउँदाको हवाई भाडा, पर्यटनमन्त्रीले भने: स्वास्थ्य मन्त्रालयले जिम्मा लिनुपर्छ

काठमाडौं: ओम्‍नी ओबिसिए ग्रुपले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेवापतको ढुवानी भाडा नदिएको खुलेको छ। ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो।

शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले ओम्नीले अझै ढुवानी वापतको भुक्तानी नदिएको जानकारी दिए। यसमा स्वास्थ्य मन्त्रालय जिम्मेवार रहेको उनको भनाई थियो।

ओम्नीले चैतमा चीनमा नेपाल एयरलाइन्सको जहाजमा स्वास्थ्य सामग्री ल्याएको थियो। पहिलो चरणमा २१ करोड रूपैयाँको सामग्री ल्याउँदा खरिद प्रक्रिया विवादित बनेपछि चैत १९ गते सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो।

पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन। टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी छ। एयरलाइन्सले पाउन बाँकी छ। हामी छिट्टै लिन्छौँ। ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयंसेवा गर्ने? ओम्नी समूहले पैसा तिर्नुपर्छ। त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ।’

होटलहरु छिट्टै सञ्चालन

मन्त्री भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताए। कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको भन्दै अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनको भनाई छ। व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए।

एयरलाइन्स सञ्चालनमा समय लाग्ने

मन्त्री भट्टराईले एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएको जानकारी दिँदै सञ्चालनका लागि केही समय अझै लाग्ने बताए। होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको उनले बताए। कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सीसीएमसीमा प्रस्ताव लिएर जाने उनले बताए।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताए। निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell