PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'लिटिल बुद्ध' भनिने रामबहादुर बमजनबिरुद्ध अदालतमा मुद्दा दर्ता



पहिलोपोस्ट

'लिटिल बुद्ध' भनिने रामबहादुर बमजनबिरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं : 'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजन सहित तीन जना विरुद्ध मुद्दा दर्ता भएको छ। बिहीवार जिल्ला अदालत सर्लाहीमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको हो।

उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएको छ। प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको आश्रम र सिन्धुलीमा पटक पटक छापा मारिसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)को टोलीले संयुक्त रूपमा छापा मार्दा समेत बमजनलाई समाउन सकेको छैन।

बमजनलाई समाउन नसकेपछि प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।

'हामीले हिजो नै मुद्दा दर्ता गराइसकेका छौँ। १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ,' जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधीवक्ता केशवकुमार गौतमले भने।

सरकारी  वकिलको कार्यालयले  बमजनका सहयोगी ज्ञानबहादुर बमजन र जितबहादुर तामाङ विरुद्ध भगाउन र लुकाउन सहयोग गरेको भन्दै मतियारको रूपमा मुद्दा दर्ता गराएको छ। रौतहटकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गरी सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको हो।

बमजनविरुद्ध बारा र मकवानपुर प्रहरीमा आश्रमबाट मानिस हराएको भन्दै उजुरी परेको छ। सरकारी वकिलले दायर गरेको मुद्दामा अपराध पुष्टि भए १२ देखि १४ वर्षसम्मको कैद सजाय सहितको माग दाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell