PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

बेलायतलाई उछिन्यो पेरुले र चिली पनि सँगै



पहिलोपोस्ट

बेलायतलाई उछिन्यो पेरुले र चिली पनि सँगै

काठमाडौं : कोरोना भाइरसको प्रकोपका कारण खराब हालतबाट गुज्रिरहेका मुलुकको सूचीमा बेलायतलाई पेरुले उछिनेको छ। चिलीले पनि आज बेलायतलाई पछि पार्दैछ। दुवै दक्षिण अमेरिकी मुलुकहरुमा कोरोनाका संक्रमितको संख्या यति तीब्र गतिमा फैलिरहेको छ कि शीर्ष स्थानमा बेलायतलाई सजिलै उछिन्दै छन्।

अमेरिकाले यो सूचीमा फराकिलो अन्तरले नेतृत्व गरिरहेको छ भने ब्राजिलले उसलाई पछ्याइरहेको छ। रसिया तेस्रो र भारत चौथो स्थानमा अगाडि बढिरहेका छन्। रसियालाई भारतले पछि पार्न धेरै समय लाग्ने छैन।

खराब मुलुकको सूचीमा पाचौं स्थानमा रहेको बेलायतलाई पेरुले उछिनेको छ। बेलायत अहिले छैटौं स्थानमा छ। बेलायतलाई अब चिलीले पछि पारेपछि खराब मुलुकको सूचीमा बेलायत थप तल ओर्लने छ।

बेलायतमा अहिले २ लाख ८५ हजार २ सय ६८ जना कोरोना संक्रमित पहिचान भएका छन्। चिलीमा संक्रमितको संख्या २ लाख ८४ हजार ५ सय ४१ रहेको छ।

पेरुले बेलायतलाई पछि पार्दा उसँग २ लाख ९२ हजार ४ जना संक्रमित पुष्टि भएका छन्। भारतमा संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ। रसियामा संक्रमितको संख्या ६ लाख ६६ हजार ९ सय ४१ रहेको छ। भारतमा बढ्दो रफ्तारका कारण रसिया छिट्टै पछाडि पर्ने छ।

ब्राजिल सूचीमा दोस्रो स्थानमा छ। त्यहाँ संक्रमितको संख्या १४ लाख ९६ हजार ८ सय ५८ जना रहेका छन्। पहिलो सूचीमा रहेको अमेरिकामा २७ लाख ३९ हजार ८ सय ७९ जना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell