PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : कांग्रेस वरिष्ठ नेता पौडेल



रासस

कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : कांग्रेस वरिष्ठ नेता पौडेल
फोटो : रासस।

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेसन कक्षका लागि शुक्रवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए।

‘स्थानीय तह जनताको नजिकको सरकार हो, संकटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन’, उनले भने।

उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना संक्रमित आत्तिन नहुने सुझाव दिए।

फरक प्रसंगमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए। प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उनले उल्लेख गरे।

उनले भने, ‘प्रतिपक्षी दलले भन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ।’

सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, १० थान पीपीई, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, १० थान पीपीई हस्तान्तरण गरे।

यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानिटाइजर, पाँच थान पीपीई, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानिटाइजर, छ थान पीपीई, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानिटाइजर, पाँच थान पीपीई, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानिटाइजर, पाँच थान पीपीई, नेपाल पत्रकार महासंघ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानिटाइजर हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell