PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

दीपाश्रीको बयानले विवादमा परेपछि राजेश हमालको प्रतिक्रिया यस्तो



पहिलोपोस्ट

दीपाश्रीको बयानले विवादमा परेपछि राजेश हमालको प्रतिक्रिया यस्तो

काठमाडौं : महानायक राजेश हमाल अहिले विवादमा तानिएका छन्। खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र?’ भन्दै हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्री आलोचनाको तारो बनेकी छिन्।

साथै राजेश हमालबारे सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको माफी पनि मागिसकेकी छिन्।

दर्शकहरु दीपाश्रीमाथि खनिएपछि राजेश हमालले शुक्रवार सामाजिक सञ्जालमार्फत सांकेतिक प्रतिक्रिया दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘शुभ दिन। तपाईंको जीवनको खुसी तपाईंको विचारहरूमा निर्भर गर्दछ। तपाई आफ्नो विचारको उत्पादक आफैं हो।’

उनले यसो भनेर आफूलाई कसैले महानायक भने पनि नभने पनि खासै फरक नपर्ने सन्देश दिन खोजेका छन्। महानायक भन्ने/नभन्ने, मान्ने/नमान्ने दर्शक र स्वयं व्यक्तिको विचार हुने र उक्त विचारले व्यक्ति खुसी हुने उनको आशय छ।

यसर्थमा उनले दीपाश्रीको अभिव्यक्तिलाई सामान्य रुपमा लिएको बुझ्न सकिन्छ। उक्त अभिव्यक्तिलाई दीपाश्रीको विचार मान्दै राजेशले सो विचारले उनी खुसी हुने भन्न खोजेका छन्। साथै उनले दीपाश्रीको व्यक्तिगत विचार भएकाले आफ्नो केही भन्नु नभएको र फ्यानले पनि आलोचना नगरे हुन्थ्यो भन्ने भन्न खोजेका छन्।

Subhadin.. तपाईंको जीवनको खुशी तपाईंको विचारहरूमा निर्भर गर्दछ... You are the product of your Thoughts..

Posted by Rajesh Hamal on Friday, July 3, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell