PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकैदिन ७४० जनामा कोरोना संक्रमण : सुदूरपश्चिममा मात्र ५१५ जना, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

एकैदिन ७४० जनामा कोरोना संक्रमण : सुदूरपश्चिममा मात्र ५१५ जना, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा ७४० जनामा संक्रमण पुष्टि भएको छ। देशभरका २३ प्रयोगशालामा गरिएको ४ हजार ४८३ आरटी-पीसीआर परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले प्रेस ब्रिफिङका क्रममा प्रयोगशाला अन्तर्गत भएका परीक्षणको विवरण सार्वजनिक गरेको छ। २३ वटा प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालामा परीक्षण भएका छन्। सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा परीक्षण रोकिएको छ। केही दिन अगाडि देखि त्यहाँको पीसीआर मेसिन बिग्रिएपछि परीक्षण रोकिएको छ।

आज थप भएका ७४० संक्रमित सहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। त्यस्तै, संक्रमितमध्ये ६ हजार १४३ जना डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ९ हजार ८४ जना आइसोलेसनमा उपचार गराइरहेका छन्। पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८२३ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

हाल देखभर विभिन्न जिल्लामा विदेशबाट आएका ३५ हजार ४७२ जना व्यक्ति क्वारेनुटाइनमा रहेका छन्।

कुन प्रयोगशालामा कति पुष्टि

प्रदेश अनुसार संक्रमण

हालसम्म सबैभन्दा बढी प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। त्यहाँ तीन हजार ९९५ जना संक्रमित हुँदा १ हजार ८६७ जना डिस्चार्ज भएका छन्। 

प्रदेश ५ मा संक्रमितको संख्या ३ हजार ८९५ पुगेको छ। त्यहाँ डिस्चार्ज हुनेको संख्या १७२५ रहेको छ। सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या तीन हजार ५३५ पुगेको छ। यहाँ ६८० जना डिस्चार्ज भएका छन्।

कर्णाली प्रदेशमा १ हजार ५३९ जनामा संक्रमण पुष्टि हुँदा डिस्चार्ज हुने एक हजार ७२ छ। गण्डकी प्रदेशमा एक हजार ११८ जना संक्रमित छन्। त्यहाँ २१४ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा ६७४ संक्रमितमध्ये ४०० डिस्चार्ज भएका छन्। बागमती प्रदेशमा ५०७ संक्रमित छन्। त्यहाँ १८५ जना डिस्चार्ज भइसकेका छन्।

आज संक्रमित पुष्टि भएकामध्ये १३४ महिला र ६०६ पुरुष रहेका छन्।

आज संक्रमण पुष्टि भएकामध्ये सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन्। ५१५ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी अछाम २३० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४१ महिला र १८९ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell