PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

कोरोना पुष्टि भएपछि बझाङमा १८ वर्षीय युवकले गरे आत्महत्या



एम बम

कोरोना पुष्टि भएपछि बझाङमा १८ वर्षीय युवकले गरे आत्महत्या

कैलाली : सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षीयका युवकले आत्महत्या गरेका हुन्। जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यहाँ रहेका २५ जनामध्ये कोरोना जाँच गर्दा ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनी मानसिक रुपमा निकै तनावमा देखिने गरेका थिए। उनले सोही कारण आत्महत्या गरेको हुनसक्ने सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell