PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नागरिकता विधेयक खारेज गर्न माग गर्दै समाजवादी युवाको वीरगंजमा लाठी जुलुस



राधेश्याम पटेल

नागरिकता विधेयक खारेज गर्न माग गर्दै समाजवादी युवाको वीरगंजमा लाठी जुलुस

वीरगंज : जनता समाजवादी पार्टी निकट जनता समाजवादी युवा संघको आयोजनामा शुक्रवार साँझ वीरगंजमा लाठी जुलुस प्रदर्शन भएको छ। नागरिकता विधेयक खारेज गर्न माग गर्दै अपरान्ह ४ बजे निकालिएको लाठी जुलुस साढे ५ बजेसम्म चलेको थियो।

घण्टाघरबाट शुरु भएको जुलुस आदर्शनगर हुँदै घडिअर्वा पुगेर पुनः घण्टाघरमा फर्केको थियो। जसपाका प्रदेश सांसद रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा जुलुस निकालिएको थियो।

युवा नेताद्वय गौरव बर्मा तथा शेख मुन्नाको संयुक्त आयोजनामा घण्टाघरमा आयोजित कोण सभामा जसपा पर्साका बरिष्ठ नेता सुन्दर कुर्मी, जसपा युवा संघका केन्द्रीय सचिव सरोज यादव र शेख मुन्नालगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा जसपाका तत्कालिन समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवलगायत प्रदेश सांसद करिमा बेगम, नेताहरु तबरेज अहमदलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell