PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

१ करोड १० लाख माथि पुगे कोभिड १९ संक्रमित



पहिलोपोस्ट

१ करोड १० लाख माथि पुगे कोभिड १९ संक्रमित

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। कोभिड १९ को तथ्याङ्क संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ६:१८ बजेसम्मको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या १ करोड १० लाख पार भएको हो।

विश्वभर एक करोड १० लाख ४५ हजार ७ सय १३ जनामा संक्रमण देखिँदा सबैभन्दा खराब अवस्थामा रहेको अमेरिकामा २७ लाख ९३ हजार ३४ जनामा संक्रमण देखिएहो छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १५ लाख ३९ हजार ८१ जना रहेका छन्। यी दुवै मुलुकमा कोरोना भाइरसको विषयलाई हलुका रुपमा लिइएको थियो भने विश्वका धेरै मुलुक लकडाउन हुँदा पनि वास्ता गरिएको थिएन। मृत्यु हुनेको संख्यामा पनि अमेरिका र ब्राजिल नै पहिलो र दोस्रो स्थानमा छन्। अमेरिकामा मर्ने कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ४ सय ३० रहेको छ भने ब्राजिलमा यो संख्या ६१ हजार ८ सय ८४ रहेको छ।

संक्रमणको जारी रेसमा रसिया तेस्रो छ भने भारत चौथो स्थानमा रहेको छ। भारतले दुई दिनभित्र रसियालाई उछिन्ने देखिन्छ। रसियामा ६ लाख ६६ हजार ९ सय ४१ जनामा संक्रमण देखिएको छ भने भारतमा ६ लाख २५ हजार ५ सय ४४ जना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell