PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मालोर्कामाथि एट्लेटिको सहज जित, मोराटाको दोहोरो गोल



पहिलोपोस्ट

मालोर्कामाथि एट्लेटिको सहज जित, मोराटाको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले मालोर्कामाथि सहज जित निकालेको छ। वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले ३-० को सहज जित निकालेको हो।

मड्रिडको जितमा अल्भारो मोरटाले २ गोल र कोकेले १ गोल गरे। खेलको २९ ‍औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मोराटाले मड्रिडलाई अग्रता दिलाएका थिए। फेरि पहिलो हाफको अतिरिक्त समयमा उनले नै दोस्रो गोल गर्दा पहिलो हाफमै एट्लेटिको मड्रिड २ गोलले अघि रह्यो।

दोस्रो हाफमा एट्लेटिकोका मिडफिल्डर कोकेले अर्को गोल थपे। खेलको ७९ मिनेटमा उनले गरेको गोलसँगै एट्लेटिको मड्रिड ३-० को सहज जित हात पार्‍यो।

जितसँगै ३४ खेलबाट ६२ अंक जोडेको एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा यथावत छ। त्यस्तै मालोर्का २९ अंकसहित रेलिगेसन जोनमा छ। तालिकाको शीर्षस्थानमा ७४ अंकसहित रियल मड्रिड र दोस्रो स्थानमा ७० अंकसहित बार्सलोना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell