PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गए राति रिपोर्ट पोजेटिभ, बिहानै मृत्यु : कोरोनाले लियो अर्को ज्यान



पहिलोपोस्ट

गए राति रिपोर्ट पोजेटिभ, बिहानै मृत्यु : कोरोनाले लियो अर्को ज्यान

काठमाडौं : कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो।

गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५:०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिएका छन्।

गोरखा अस्पतालमा उपचाररत उनकी हिजो गराति ९:५५ बजेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो।

गोरखामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो। गण्डकी प्रदेशमा यसअघि दुई संक्रमितको मृत्यु भइसकेको छ। नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३ पुगेको छ।

संक्रमित उनी हालै कतारबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell