PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

गण्डकी प्रदेशको ६ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

गण्डकी प्रदेशको ६ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि

काठमाडौंः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेशका विभिन्न ६ जिल्लामा दुई महिला सहित १६ जनामा कोरोना संक्रमण देखिएको हो। गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार नवलपरासी पूर्व,कास्की, बाग्लुङ्, तनहुँ, स्याङ्जा र म्यााग्दीमा संक्रमण देखिएको हो।


योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या १ हजार ७९ पुगेको छ। त्यस्तै कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। गण्डकी प्रदेशमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell