PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

रातभरको वर्षापछि बझाङमा पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता भएको अनुमान



एम बम

रातभरको वर्षापछि बझाङमा पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता भएको अनुमान
तस्बिर : Ammar Jethara/Facebook

कैलाली : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा पहिरा जाँदा एउटा बस्ती नै बगाएको छ। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका-८ को मल्लेसीका १७ घर बगाएको स्थानीयले बताएका छन्।

यसैबीच, केदारस्युँ गाउँपालिका वडा नम्बर ८ र ९ मा गण्डकी गाडले ठूलो क्षति गरेको छ। पहिरोमा सात जना बेपत्ता भएको स्थानीयले बताए पनि प्रहरीले भने त्यो पुष्टि गरिसकेको छैन।

बेपत्ता भएका दुई बालकको शव फेला पारेको समेत स्थानीयको भनाइ छ। अनुहार नचिनिने गरेर क्षतविक्षत भएको अवस्थामा शव भेटिएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिए। उनीहरुको परिचय खुलेको छैन।

बेपत्ता थप पाँच जनाको स्थानीयले खोजी जारी राखेका छन्। घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन। खोलाको किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढी भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए।

रातभर वर्षा भएसँगै आएको पहिरोले केदारस्युँ-८ मा रहेको गण्डकी बजार पूर्णरूपमा विस्थापित भएको छ। एउटा मोबाइल पसल र एउटा खाद्यान्न पसल पनि बगाएको छ। दर्जनौं पानी घट्ट बगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell