PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पोखरासहित गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण, कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनको तयारी



पहिलोपोस्ट

पोखरासहित गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण, कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनको तयारी

काठमाडौः गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्की र गोरखा गरी  ९ जनामा कोरोना देखिएको हो। कास्कीको पोखरा महानगरपालिकामा ४ जना र गोरखामा ५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जनाए।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८८ पुगेको छ। त्यस्तै कोरोनाको कारण मृत्यु भएका गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell