PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

खोकनामा प्रहरी र स्थानीयबीच झडप : एक दर्जन अश्रुग्यास प्रहार, प्रहरीसहित स्थानीयवासी घाइते

खोकनामा प्रहरी र स्थानीयबीच झडप : एक दर्जन अश्रुग्यास प्रहार, प्रहरीसहित स्थानीयवासी घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले सांकेतिक विरोध गरेपछि प्रहरीबीच झडप भएको छ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीले लाठीचार्ज समेत गरेको छ। स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत प्रहार गरेका थिए। झडपमा परी ४ जना प्रहरी र केही स्थानियबासीसमेत घाइते भएका छन्।

असार १५ गते खेतमा धान रोप्ने पुगेका किसानलाई प्रहरीले रोकेपछि शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकनामा पुगेका हुन्। रुद्रायणीबाट करिब आधा घण्टा हिँडेर खुदोल पुगेका सयौं  व्यक्तिले खोकनाको सभ्यता विनाश गर्न नपाइने भन्दै नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell