PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

बझाङ पहिरो : चार जनाको शव निकालियो, तीन जना अझै वेपत्ता



एम बम

बझाङ पहिरो : चार जनाको शव निकालियो, तीन जना अझै वेपत्ता
फोटो : अमर जेठारा

कैलाली : बझाङमा पहरोमा पुरिएका ४ जनको शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको हो।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयले पहिरोमा पुरिएका चार जनाको शव निकालेको जनाएका छन्।  

वडा ८ का वडा अध्यक्ष गणेशबहादुर बोहराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षे छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव फेला परेको बताए। ‘अन्य तीन जना हराइरहेका छन्। उनीहरूको खोजी जारी छ,’ उनले भने।

उनकाअनुसार पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन।

गए राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको उनको भनाई छ। राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि सात जना भने पहिरोमा पुरिएका थिए।

‘पहिरो आएपछि ज्यान जोगाउन भागेकाहरू रातभर खेतबारीमा पाल टाँगेर बसेका थिए,’ उनले भने।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ हिँडेको र पुगे नपुगेको बारेमा जानकारी आइनसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell