PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

थपिए २ सय ३२ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या पुग्यो ३४



पहिलोपोस्ट

थपिए २ सय ३२ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या पुग्यो ३४

काठमाडौं : नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ।

शनिवार स्वास्थ्य मन्त्रालयलले गरेको नियमित बिफ्रिङ थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो।

यससँगै नेपालमा अहिलेसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म कोरोना संक्रमित भएका मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि अस्पतालबाट फर्किसकेका छन्। पछिल्लो २४ घण्टामा २ सय ७२ जना उपचारपछि घर फर्किएका हुन्।

अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको सङख्या ३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell