PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

भारतबाट फर्केपछि क्वारेन्टाइन, त्यहाँबाट पठाइयो घर, निवासमै पुगेपछि मृत्यु!



एम बम

भारतबाट फर्केपछि क्वारेन्टाइन, त्यहाँबाट पठाइयो घर, निवासमै पुगेपछि मृत्यु!

धनगढी : कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टाइन अवधि पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो।

उनी जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ।

मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ। गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब सङ्कलन गरी धनगढी प्रयोगशाला पठाएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell