PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुन जिल्लामा कति संक्रमित थपिए आज?



विधुर ढकाल

कुन जिल्लामा कति संक्रमित थपिए आज?

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालका २५ जिल्लामा २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, थप २ जना कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ। यससँगै संक्रमितहरुको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। ३४ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका २३ प्रयोगशालाबाट भएको ४ हजार ५० जनाको नमुना परीक्षणमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय १४ जनामा पोजेटिभ देखिएको छ।

जसमध्ये अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिराहाका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोशी अस्पताल विराटनगरमा इलाम र झापाका १/१ तथा मोरङका ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिराहाका १५ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ६ र नवलपरासी पूर्वका ७ जनामा संक्रमण पुष्टि भएको छ।

क्षयरोग प्रयोगशाला पोखरामा बाग्लुङ र म्याग्दीका ३/३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक प्रयोगशाला पोखरामा स्याङ्जा र तनहुँका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्युठानका २ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५ र रोल्पाका २ जनामा संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल प्रयोगशालामा दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेश १ मा संक्रमितको संख्या ६ सय ८६ पुगेको छ।

त्यस्तै, प्रदेश २ मा सबैभन्दा बढी ४ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ। वाग्मती प्रदेशमा संक्रमितको संख्या ५ सय २५ छ। त्यस्तै गण्डकीमा एक हजार १ सय ३३, प्रदेश ५ मा तीन हजार ९ सय ८२, कर्णाली प्रदेशमा एक हजार ५ सय ४० र सुदुर पश्चिम प्रदेशमा तीन हजार ५ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ हजार ४२ जना उपचारकै क्रममा रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell