PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्री ओलीको समर्थनमा मेलम्चीमा पनि प्रदर्शन



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको समर्थनमा मेलम्चीमा पनि प्रदर्शन

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको पार्टीभित्रबाटै राजीनामा मागिएपछि देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ। मेलम्ची आसपासका युवाहरु शनिवार सडकमा निस्किएका हुन्।

ओलीको समर्थनमा उत्रिएका युवाहरुले 'आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई', 'हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार' लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले ओलीका राजीनामा माग गरेका छन्। नेकपा विवादका बीच आजका लागि डाकिएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell