PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेताहरु दवाव बढाउँदै, मन्त्री निवासमा भेला



पहिलोपोस्ट

पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेताहरु दवाव बढाउँदै, मन्त्री निवासमा भेला

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजनबाट रोक्न दोस्रो, तेस्रो तहका नेताहरुको सक्रियता आज पनि जारी रह्यो।

पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न नपाउँदै गम्भीर संकटमा परेको भन्दै नेतृत्वलाई दवाव दिन नेताहरु सक्रिय भएका हुन्।

शनिवारमात्रै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले क्वाटरमा केही सांसदहरुसँग छलफल गरे।

झण्डै दुई घण्टा भएको भेटमा पूर्व एमालेका खीमलाल भट्टराई, यज्ञराज सुनुवार, झपड रावल, पूर्व माओवादीका टेकबहादुर बस्नेत, सुरेश राई लगायतका युवा नेता सहभागी थिए।

उनीहरुले पार्टी फुटबाट जोगाउन भन्दै नेतृत्वलाई भेटेरै आग्रह गर्ने निर्णय गरेका छन्।

'एकतालाई कमजोर बनाउने काम नगर्नुस्। असन्तुष्टि संवादबाट नै समाधान गर्नुपर्छ भनेर नेताहरुलाई भेटेर भन्ने कुरा भएको छ,' छलफलमा सहभागी भट्टराईले बताए।'

अहिले देखिएको समस्याको समाधान पनि दुई अध्यक्षले मिलाउनुपर्ने उनको भनाइ छ।

पार्टी विभाज स्वीकार्य नभएको सन्देश नेतृत्वमा पुर्‍याउने उनीहरुको तयारी छ।

'पार्टी एकता भत्काउन पाइँदैन। पार्टी विभाजन स्वीकार्य छैन। हामीले राजनीतिक स्थायित्व दिने भनेर आएका छौं। स्थायित्वको संबोधन गर्नुपर्दैन्? भनेर नेतृत्वलाई सम्झाउँछौं,' उनले भने।

शुक्रवार कृषि मन्त्री घनश्याम भुसालले आफ्नो क्वाटरमा ‍ मन्त्रीहरु योगेश भट्टराई, वर्षमान पुन, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताहरु भेला भएर छलफल गरेका थिए।

उनीहरुले पहिले भएका सहमति कार्यान्वयन गर्दै आवश्यकता अनुसार नयाँ सहमति बनाएर अघि बढ्न आग्रह गरेका छन्।

उता, पार्टी एकतालाई जोगाए राख्न नेतृत्वलाई दबाव दिन शुक्रवार पार्टी मुख्यालयमा केन्द्रीय सदस्यसहितका ५० नेताहरु धर्नामा बसेका थिए। आज पनि उनीहरु धर्नामा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell