PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय र चिनियाँ सेनाको गलवान उपत्यकामा भएको भिडन्तमाथि अजय देवगनले फिल्म बनाउने



पहिलोपोस्ट

भारतीय र चिनियाँ सेनाको गलवान उपत्यकामा भएको भिडन्तमाथि अजय देवगनले फिल्म बनाउने

कुटनीतिक हिसाबले भारत र चीनबीच पछिल्लो समय चर्को लफडा भयो गलवान उपत्यकामा। सीमामा दुई मुलुकका सैनिकबीच हिंसात्मक झडप नै भयो। भारतीय सेनाका २० जनाको ज्यान गयो भने चीनले भने आफ्ना दुई जनामात्र सैनिकको मृत्यु भएको बतायो। दुवै मुलुकका सैनिक नेतृत्वबीच भएको वार्ताले यस विषयलाई सुल्झाउने प्रयास भइरहेको छ।

यसै विषयलाई लिएर फिल्म बनाउने तयारीमा जुटेका छन् बलिउडका सफल अभिनेता अजय देवगन। भारतमा राष्ट्रवादका विषयमा बन्ने फिल्महरु सफल हुँदै आएका छन्। र, यस्ता फिल्म निर्माणमा देवगानको सक्रियता पनि बढ्दै आएको छ। भुज : द प्राइड अफ इन्डियापछि अजय देवगानको फिल्म कम्पनीले गलवान उपत्यकामा भएको झडपलाई आधार मानेर फिल्म तयार पार्ने भएको हो।

उनले विगतमा एलओसी कारगिल, द लिजेन्ड अफ भगत सिंह, तानाजी, सिंघम, रेड, गंगाजल जस्त फिल्म गरेका छन् जसमा सुरक्षाकर्मीको योगदानलाई उच्च प्राथमिकता दिइएको थियो।

फिल्म अजय देवगनको को-प्रोडक्सन रहने छ। उनको कम्पनी एफ फिल्मस र सेलेक्ट मिडिया होल्डिङ्सबीच यसमा सहमति पनि भइसकेको छ। फिल्ममा रहने कलाकार भने तय हुन बाँकी छ।

सीमाको लफडामा भारतीय पक्षले धेरै क्षति बेहोरेको छ तर फिल्ममा यसलाई कसरी देखाइनेछ त्यो भने प्रतीक्षाकै विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell