PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अजय देवगनको ‘मैदान’को प्रदर्शन मिति तय, अझै ३५ प्रतिशत शुटिंग बाँकी



पहिलोपोस्ट

अजय देवगनको ‘मैदान’को प्रदर्शन मिति तय, अझै ३५ प्रतिशत शुटिंग बाँकी

अजय देवगनको फिल्म ‘मैदान’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। अभिनेता अजयले ट्वीटरमार्फत फिल्म आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने जानकारी दिएका छन्।

रोचक त के छ भने फिल्मको ३५ प्रतिशत शुटिंग बाँकी छ। जसमा फिल्मको महत्वपूर्ण भाग रहेको छ।

कोरोना भाइरसका कारण फिल्मको शुटिंग प्रभावित हुँदा यसै वर्ष प्रदर्शनको तयारीमा रहेको फिल्म युनिटले मिति अर्को वर्षलाई तय गरेको हो।

कोरोना महामारीमा सावधानी अपनाउँदै अवस्था सामान्य भएपछि शुटिंग सुरु गर्ने फिल्म युनिटको योजना छ।

लकडाउनअघि मुम्बईको मड आइल्याण्डमा फिल्मको सेट तयार गरिएको थियो। शुटिंग गर्नै लाग्दा लकडाउन बाधक बन्यो।

फिल्ममा अजयले भारतका सफल र चर्चित फुटबल कोच सैयद अब्दुल रहीमको भूमिका निभाउँदैछन्। अजयका अलावा प्रियमणि, गजराज राव र रुद्रनिल घोष मुख्य भूमिकामा छन्।

फिल्मको निर्देशन नेशनल अवार्ड विजेता अमित रविंद्रनाथ शर्माले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell