PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

एकाएक प्रम ओली शीतल निवासतिर, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो



पहिलोपोस्ट

एकाएक प्रम ओली शीतल निवासतिर, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो
फाइल फोटो

काठमाडौं : राजनीतिक सरगर्मी केही कम भएको आजको साँझ प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको छलफल भइरहेको छ।

त्यस्तै, प्रधानमन्त्री ओलीले साँझ सात बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन।

नेकपामा पछिल्लो समय बिवाद चर्किरहेको छ। स्थायी कमिटी बैठकसमेत प्रभावित भइरहेको छ। पछिल्लो परिस्थितिबारे जानकारी गराउन ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।

'सात बजे बालुवाटार आउन भनिएको छ। के विषयमा कुराकानी हुन खोजेको जानकारी दिइएको छैन,' एकजना मन्त्रीले पहिलोपोस्टसँग भने।

स्थायी कमिटी बैठकसँगै चर्को घेराउमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले संकटमा छन्। साथै, उनको पार्टी नेकपामा के हुने भन्ने अन्यौल कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell