PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भारतमा बन्यो सुनको मास्क!



पहिलोपोस्ट

भारतमा बन्यो सुनको मास्क!

कोरोना भाइरसको महामारी बढ्दै गर्दा भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्।

पुनेको पिम्परी छिन्चोडका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स-साना प्वाल (छिद्रा) बनाइएको छ।

सुनको मास्क बनाउने आइडिया भने उनले टेलिभिजनबाट प्राप्‍त गरेका हुन्। जसमा एक व्यक्ति चाँदीको मास्क लगाउँछन्।

सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क गरेर चाँदी जस्तै सुनको पनि मास्क बनाए। उनको मास्क एक हप्ता लगाएर बनाइएको हो।

शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन्। यद्यपि यसको प्रभावकारिता बारे भने प्रश्न उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell