PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट बनाउँदै



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट बनाउँदै

जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेश क्षेत्रमा मधेस शहीद गेटको शिलन्यास भएको छ।

गेटको शिलान्यास शनिवार एक कार्यक्रमका बीच गरिएको हो। जनकपुरधाम उपमहानगरपालिकाले करिब ३ करोडको लगानीमा शहीद गेट निर्माण गर्न लागेको उपमेयर रिता मिश्रले बताइन्।

गेटमा राम सीताको प्रतिमासहित तेस्रो मधेस आन्दोलनका तीनवटा सहिदहरु निक्कु यादव, संजय चौधरी र दिलीप यादवको प्रतिमासमेत राखिने जनाइएको छ।

उपमेयर मिश्रले निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने र मधेसकै सानको रुपमा उक्त गेट रहने दावी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell