PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मुलुकभर विपद्का १६ घटना : नौ जनाको मृत्यु, २० घरमा क्षति



रासस

मुलुकभर विपद्का १६ घटना : नौ जनाको मृत्यु, २० घरमा क्षति

काठमाडौं : मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ।

प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्‍याएको छ। सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ। नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन्। 

खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ।

यस्तै, मकवानपुर र प्यूठानमा चट्याङ परेको छ। सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले शनिवार सूचनामार्फत जनाएको छ। आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell