PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्रीलाई प्रवक्ता श्रेष्ठको जवाफ : राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुठो प्रचार



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई प्रवक्ता श्रेष्ठको जवाफ : राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुठो प्रचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने कुरा झुठो भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बेलुकी मन्त्री र राज्यमन्त्रीहरुलाई डाकेर आफू र राष्ट्रपतिलाई महाअभियोग ल्याउने तयारी गरेको बताएका थिए। लगत्तै श्रेष्ठले ट्वीटमार्फत जवाफ दिएका हुन्।

उनले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्न नहुने पनि बताएका छन्।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं’, श्रेष्ठ लेख्छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

 

पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीको भेट बाक्लिएको छ। नेकपा भित्रको विवाद पनि उत्कर्षमा पुगेको छ। नेताहरु गुटगत भेलामा व्यस्त छन्।

प्रधानमन्त्रीले मन्त्रीहरुलाई डाकेर आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell