PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्यानचेस्टर युनाइटेडको सहज जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको सहज जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली म्याचेस्टर युनाइटेड ५-२ गोल अन्तरले जित निकालेको हो।

खेलको १६ औं मिनेटमा बर्नेमाउथका लागि जुनियर स्टानिसलसले गोल गर्दै अग्रता बनाएका थिए। तर २९ औं मिनेटमा फर्नान्डेजको पासमा म्यासन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए। त्यसको ६ मिनेटमै युनाइटेडले अग्रता समेत बनायो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मार्कस रासफोर्डले गोल गरे। र, ४५ औं मिनेटमा फर्नान्डेजको पासमा मार्सियलले गोल गर्दा पहिलो हाफमै युनाइटेड ३-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा बर्नेमाउथले गोल थप्यो। ४९ मिनेटमा जोसुवा किङले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। यता युनाइटेडका लागि ५४ औं मिनेटमा फेरि ग्रीनउडले र ५९ मिनेटमा फर्नान्डेजले गोल गर्दा घरेलु टोलीले ५-२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ५५ अंक जोडेको म्यानचेस्टर युनाइटेड तालिकाको पाँचौं स्थानमा छ। अर्कोतर्फ पराजित भएको बर्नेमाउथ १९ औं स्थानमा छ। रेलिगेसन जोनमा रहेको उसको २७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell