PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिग लिडर युभेन्टसको सानदार जित, शीर्षस्थानमा सात अंकको अग्रता



पहिलोपोस्ट

लिग लिडर युभेन्टसको सानदार जित, शीर्षस्थानमा सात अंकको अग्रता

इटलियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले टोरिनोलाई हराएको छ। एलिनाज स्टेडियममा भएको खेलमा युभेन्टसले टोरिनोलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमै पाउलो डिब्यालाको गोलमा अग्रता बनाएको युभेन्टसका लागि २९ औं मिनेटमा रोनाल्डोको पासमा जुआा कुआड्राडोले गोल गरे। यता टोरिनोका लागि पहिलो हाफको अतिरिक्त समयमा एन्ड्रे बेलोटीले पेनाल्टीमार्फत गोल गर्दै गोलको खाता खोले।

दोस्रो हाफमा युभेन्टसका लागि रोनाल्डोले गोल गरे। र, ८९ मिनेटमा टोरिनोका कोफीले आत्मघाती गोल गर्दा घरेलु टोली युभेन्टसले ४-१ को जित निकाल्न सफल भयो।

जितसँगै युभेन्टसले अंकतालिकामा सात अंकको अग्रता बनाएको छ। ३० खेलबाट ७५ अंक जोडेको युभेन्टस शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको लाजियोले समान खेल खेलेर ६८ अंक जोडेको छ। उता टोरिनो  समान खेलबाट ३१ अंक जोड्दै १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell