PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

डब्लुएचओले रोक्यो कोभिड १९ मा मलेरियाका लागि प्रयोग हुने औषधीको परीक्षण



पहिलोपोस्ट

डब्लुएचओले रोक्यो कोभिड १९ मा मलेरियाका लागि प्रयोग हुने औषधीको परीक्षण

काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमितका लागि सुरु गरेको मलेरियाविरुद्धको औषधि हाइड्रोअक्सिक्लोरोक्विनको परीक्षण स्थगित गरेको छ। अब कोभिड १९ का लागि यसको थप परीक्षण हुने छैन।

संगठनको सोलिडारिटी ट्रायल्स इन्टरनेसनल स्टेरिङ कमिटीको सुझावलाई स्वीकार्दै हाइड्रोअक्सिक्लोरोक्विन र लिपिनाभिरको प्रयोग बन्द गर्ने निर्णय गरेको हो। अस्पतालमा उपचाररत कोभिड १९ का विरामीहरुका लागि यसको प्रयोग गरिँदै आएको थियो।

कोभिड १९ का लागि मलेरिया विरुद्ध प्रयोग भएको औषधि प्रचलनमा ल्याइएको भए पनि त्यसमा सुरुदेखि नै विवाद थियो। अमेरिकी राष्ट्रपतिले यसको प्रयोगलाई प्राथमिकता दिएका थिए भने भारतले यसको निर्यातमा रोक लगाउनेसम्मको निर्णय गरेको थियो। तर, चिकित्सकहरुले भने क्लिनिकल ट्रायलभन्दा सोसल मिडिया हावी भएको भन्दै यसको प्रयोगमाथि प्रश्न गरेका थिए।

पछि केही स्वतन्त्र अनुसन्धानहरुले कोभिड १९ का संक्रमितलाई यसले फाइदा नपुर्‍याउने बरु उल्टै हानी गर्नसक्ने तथ्यहरु बाहिर ल्याए। अन्तत: सोसल मिडियाकै बहावमा सुरु भएको हाइड्रोअक्सिक्लोरोक्विनको परीक्षण नै रोक्ने निचोडमा संगठन पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell