PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

फोटो खिच्न लाग्दा भिरबाट खसेर अमेरिकामा एक महिलाको मृत्यु



पहिलोपोस्ट

फोटो खिच्न लाग्दा भिरबाट खसेर अमेरिकामा एक महिलाको मृत्यु

फोटो खिच्न लाग्दा एक महिलाको खोचमा खसेर मृत्यु भएको छ। ग्रान्ड क्यानियनमा फोटो खिच्दा खुट्टा चिप्लिएपछि उनी १० फिट तल बजारिएकी थिइन्।

अमेरिकाको एरिजोनाकी ५९ वर्षीय मारिया सालगाडो लोपेज परिवारसहित हाइकिङका लागि पुगेकी थिइन्। त्यहाँ उनी फोटो खिच्न लाग्दा खसेकी हुन्। तत्कालै उनको मृत्यु भयो। शनिवार उनको शरीर खोचबाट निकालिएको हो।

ग्रान्ड क्यानियन नेसनल पार्कले दुरी कायम राखेर मानिसहरुलाई प्रवेश गर्न दिएको हो। विदामा उल्लेख्य संख्यामा मानिसहरु यहाँ आउने गर्छन्। जुन ५ देखिमात्र पार्क खुला भएको थियो। कोभिड १९ का कारण लामो समयदेखि यहाँ मानिसलाई आउन रोक लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell