PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९१ पुग्यो



पहिलोपोस्ट

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९१ पुग्यो

काठमाडौं : देशभर कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा गण्डकी प्रदेशमा पनि सङ्क्रमितको ग्राफ उक्लँदो छ।

अहिलेसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ९१ पुगेको छ। आइतवार बिहानै थप ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। तनहुँमा दुई जना र बाग्लुङमा एक जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

कोरोना देखिएका तनहुँ व्यास नगरपालिका ६ वर्षीय बालक हुन्। बाँकी दुई जना भने २८ र २४ वर्षीय पुरुष भएको खुलेको छ। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell