PahiloPost

Aug 29, 2024 | १३ भदौ २०८१

गोङ्गबुको बसमा आगजनी शङ्कास्पद!



पहिलोपोस्ट

गोङ्गबुको बसमा आगजनी शङ्कास्पद!

काठमाडौँ : गोङ्गबुमा भएको बस आगजनी शङ्कास्पद देखिएको छ। आइतवार बिहान गोङ्गबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागीका कारण ८ वटा माइक्रो बस पूर्णरुपमा क्षति भएका छन्। आगलागी हुँदा ग्यारेजमा राखिएको ८ वटा बस तथा माइक्रो बस जलेका छन्।

सुपक्षी अटो वर्कशपमा आगजनी भएको हो। आगजनी कारण बा २ ख २०८०, बा ४ ख २४०,बा ३ ख ८५८९, बा ४ ख ४०९,  ग १ ख २४४६ नम्बर लगायतका गाडी जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

मित्र नगरमा रहेको ग्यारेजमा बिहान करिब ३ बजेतिर आगजनी भएको प्रहरीले जानकारी दिएको छ। सुरुमा एउटा बसबाट सल्किएको आगो पार्किङमा रहेका अन्य बसमा पुग्दा ८ वटा बस जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए।

बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन। तर, घटना शङ्कास्पद भएको भन्दै त्यही अनुसार अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले निर्देशन दिइसकेको छ।

'अहिले यसै भन्न सक्ने अवस्था छैन। तर शङ्कास्पद छ। कसैले लगाएको हो वा कुनै प्राविधिक कारण हो? अनुसन्धान भइरहेको छ,' परिसरका एसएसपी श्याम ज्ञवालीले भने।

नुवाकोट घर भई हाल टोखा बस्दै आएका नवराज आचार्यले वर्कशप सञ्चालन गर्दै आएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell