PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सुदूरपश्चिमका सभामुखले सुनेनन् प्रतिपक्षीको आवाज, मन्त्रीले भटाभट प्रस्ताव पढे, सभामुखले तुरुन्तै पारित भएको घोषणा गरे



एम बम

सुदूरपश्चिमका सभामुखले सुनेनन् प्रतिपक्षीको आवाज, मन्त्रीले भटाभट प्रस्ताव पढे, सभामुखले तुरुन्तै पारित भएको घोषणा गरे

कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने प्रस्ताव पेश गर्ने कार्यक्रम थियो।

कार्यतालिका बमोजिम सभामुख अर्जुनबहादुर थापाले उक्त प्रस्ताप पेश गर्न मन्त्री बोहरालाई अनुमति दिइयो। यही बीचमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसको विरोध गर्‍यो। रोस्टम घेराउ गर्दै नाराबाजी गर्‍यो। तर, विपक्षी दलको आवाज न त मन्त्रीले सुने त न सभामुखले नै।

मन्त्री बोहराले होहल्लाबीच नै भटाभट प्रस्ताव पेश गरे। सभामुख थापाले हल्लाकैबीच हुन्न भन्ने आवाज नसुनिएको भन्दै प्रस्ताव पारित भएको घोषणा गरे।

योसँगै आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले प्रदेशसभाको अवरोध सिर्जना गरेपनि सभामुखले बैठकको कारवाही अगाडि बढाएका हुन्।

सुदूरपश्चिमका सभामुखले सुनेनन् प्रतिपक्षीको आवाज, मन्त्रीले भटाभट प्रस्ताव पढे, सभामुखले तुरुन्तै पारित भएको घोषणा गरे https://pahilopost.com/content/20200705103028.html

Posted by PahiloPost on Saturday, July 4, 2020

सभामुख थापाले अर्थमन्त्री बोहोरालाई आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमति दिए। प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए।

प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेशसभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन्।

प्रतिपक्षी दलले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ।

सोही अवरोधका कारण अहिले सम्म प्रदेश सरकारले अगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।

लगातार पाँच पटक अवरुद्ध भएको बैठक आज सभामुखले पेलेरै चलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell