PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेकपा राजनीतिको केन्द्रमा राष्ट्रपति भवन : बालुवाटारको भेट रोकेर शीतल निवासमा प्रचण्ड



पहिलोपोस्ट

नेकपा राजनीतिको केन्द्रमा राष्ट्रपति भवन : बालुवाटारको भेट रोकेर शीतल निवासमा प्रचण्ड
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल शीतल निवास गएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर समसामयिक राजनितिक घटनाक्रमबारे छलफल गर्न शीतल निवास गएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। राष्ट्रपतिसँगको भेटपछि प्रचण्ड बालुवाटार जाने सापकोटाले बताए।

हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध कदम चालिएको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भनेका थिए। राष्ट्रपतिलाई मानहानी लगाउने तयारी भएको भन्दै ओलीले मन्त्रीहरुलाई आफ्नो स्ट्यान्ड बताएका थिए।

यसअघि नै दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान वार्ता हुने तय भएको थियो। ओलीसँगको वार्तालाई रोकेर प्रचण्ड, नेपाल र खनाल राष्ट्रपतिलाई भेटन गएका हुन्। नेपाल कम्यनिष्ट पार्टीभित्रको आन्तरिक किचलो सतहमा आइरहेका बेला प्रचण्ड-नेपाल र ओली समूहको राष्ट्रपतिसँग भेट बाक्लिएको छ।

ओलीले शनिवार मन्त्रिपरिषदका सदस्यलाई नेकपा भित्र आफ्नो कित्ता स्पष्ट पार्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन खोजिए नेकपा फुटाउने चेतावनी दिदै आएका छन्। यसअघि पनि राष्ट्रपतिलाई भेटेर प्रचण्डले अध्यादेशबारे जानकरी लिएका थिए। ओलीले मन्त्रीहरुलाई आफू र राष्ट्रपतिलाई प्रचण्ड नेपाल समुहले हटाउन खोजेपछि संसद अधिवेशन अन्त्य गरेको बताएका थिए। तर प्रचण्ड समुहका नेताले भने राष्ट्रपतिलाई महाअभियोग लगाउन लागिएको बारे झुटोफ प्रचार गरिएको दावी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell