PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

ओलीसँग दुई घण्टा बिताएर बालुवाटारबाट बाहिरिए प्रचण्ड



पहिलोपोस्ट

ओलीसँग दुई घण्टा बिताएर बालुवाटारबाट बाहिरिए प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा छलफल भएको छ। छलफलपछि प्रचण्ड बालुवाटारबाट निस्किएका छन्। १२ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए। त्यसअघि उनी शीतल निवासमा छलफलका लागि पुगेका थिए।

आइतवारको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए।

प्रचण्ड बाहिरए पनि अन्य नेता भने छलफलमा नै छन्। छलफलमा के भन्ने खुलाइएको छैन्। शुक्रवार पनि अध्यक्षद्वयबीच तीन घण्टा लामो छलफल भएको थिए। छलफलले आन्तरिक समस्या समाधान गर्न सकेन्।

आज बालुवाटार पुग्नुअघि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिसँग भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell