PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण

कैलाली: सुदूरपश्चिममा भएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमित कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell