PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

महिनौँदेखि हराएको मोटरसाइकल प्रहरीले भेट्टाएर दिएपछि सवारीधनी दंग

महिनौँदेखि हराएको मोटरसाइकल प्रहरीले भेट्टाएर दिएपछि सवारीधनी दंग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः २०७६ असार २४ गते पदम गुरुङको २२० सिसी मोटरसाइकल राखेको स्थानबाटै हरायो। २ लाख रुपैयाँ भन्दा बढी रकम तिरेर किनेको मोटरसाइकल हराएपछि प्रहरीमा उजुरी दिए। तर दिन मात्र होइन महिना बित्यो उनको मोटरसाइकल फेला परेन।

झन्डै एक वर्षपछि उनको मोटरसाइकल प्रहरीले फेला पारेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो। ढिलै भए पनि गुरुङले आफ्नो मोटरसाइकल हात पारे। मोटरसाइकल भेटिएपछि उनी दंग छन्।

उनी मात्र होइन हराएको सवारी भेटिएपछि आइतवार परिसरमा आफ्नो सवारी लिन पुगेका सबैको अनुहारमा खुसी देखिन्थ्यो।

महानगरीय प्रहरी परिसरको टोलीले २०७३ सालदेखि हराएका मोटरसाइकल फेला पारेर आइतबार सम्बन्धित धनीलाई बुझाएको छ। मोटरसाइकल र स्कुटर गरेर २० वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई बुझाएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

काठमाडौँका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका, प्रहरीले चेक गर्दा कागजपत्र ल्याउने भन्दै गएका तर पछि चोरेको मोटरसाइकल भएको खुलेका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको हो। चोरी भएका कतिपय मोटरसाइकलमा नक्कली नम्बर प्लेट बनाएर चलाएको पाइएको छ। तर मोटरसाइकल चोरी गर्ने मानिस भने फेला परेका छैनन्।



ट्रेन्डिङ पोस्ट

Ncell